प्रगतिको थाङ्ग्रा र प्रकाशको जङ्क्सन पिपलबोटलाई पहिचान पुरस्कार


२६ मंसिर २०८०, मंगलवार
thumb

काठमाडौं। पहिचान पुरस्कार कोषले २०७९ सालको ’पहिचान पुरस्कार’ प्रगति राईको उपन्यास ‘थाङ्ग्रा’र प्रकाश गुरागाईंको कृति ‘जङ्क्सन पिपलबोट (नयाँसडकको कथा)’ लाई संयुक्त प्रदान गर्ने भएको छ । मंसिर २६ गते बसेको कोषको बैठकले जुरीवाट आएको निर्णयलाई आधार मानि उत्कृष्ट आठपुस्तक मध्यबाट दुईवटा कृतिलाई पुरस्कार दिने घोषणा गरेको हो ।

लामो समयवाट महिलाको लागि बंश अधिकार र पहिचानको विषयलाई लिएर निरन्तर लेख्दै आईरहेको नाम हो, ‘प्रगती राई’। उनको आफ्नो कृतिथाङ्ग्रामा जातीय छुवाछुत, महिलाको लागि बंश अधिकार र पहिचानको आवाजलाई बुलन्द उठाएकी छिन् ।

उन्मुक्त पुस्ता आन्दोलनको अभियान्त मध्येको एउटा नाम हो, ‘प्रकाश गुरागाईं’। उनी पहिचान सम्बन्धि लेखन र पत्रकारीतालाई संगसंगै वोकेरहिँडिरेका छन् । जङ्क्सन पिपलबोटले ६०–७० वर्ष अघिको साहित्यको ईतिहासलाई खोतलेको छ । उनले राजनैति ईतिहासलाई पनि यस कृतिमाकेहि मात्रमा समेटेका छन् ।

संस्थाले जनाए अनुसार, २०८१ साल बैशाख २२ गते भोजपुर जिल्लाको ‘टेम्के मैयुङ’(रिमाचुङ सिलीचुङ) गाउँपालीका वार्ड नम्बर ४ को सुन्दर डाँडाचखियामा पुरस्कार वितरण गरिने छ । गत साल पनि चखियामा नै पुरस्कार प्रदान गरिएको थियो । २३ बैशाख गते एक दिने ‘काब्य मुन्दुम पथ यात्र’ गर्नेतालीका तय गरेको छ । कार्यक्रममा पाल्नु हुने पाहुनाहरुलाई खान र बस्नको लागि ब्यावस्था गरिने संस्थाले जानकारी गराएको छ । पुरस्कारको राशि ४ लाख २ हजार २ रुपैयाँ रहेको छ ।

जसमा प्रगति राईको थाङ्ग्रा, जानुका खतिवडाको ओताओडा, करुणा राईको रसिया राग, मञ्जुल मितेरीको कामी, प्रकाश गुरागाईंको जङ्क्सन पिपलबोट, श्रीभक्त खनाल र खेमराज रानाभाटको तीन फरक विषय (फोकल्याण्डको युद्धका सिपाही, पहिलो विश्वयुद्धका चिठी र उनै जंगबहादुर) र नवराज केसीको शून्यको मूल्य छनोटमा परेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७