बालेनसँगको भेटेपछि हर्कको प्रतिक्रिया : हतार नगर्नु, नयाँ शक्ति निर्माण हुनेछ


२९ मंसिर २०८०, शुक्रबार
balen harka

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सक्रिय सामाजिक सञ्जाल प्रयोगकर्ता हुन् । हरेक दिन उनले फेसबुकमा दर्जनौं स्टाटस पोस्ट गर्न भ्याउँछन् । आफ्ना हरेक गतिविधि र विचार उनले फेसबुकमार्फत् सार्वजनिक गर्दै आएका छन् ।

उनी केही दिनअघि मात्रै काठमाडौं आएका थिए । काठमाडौंमा रहँदा उनले प्रधानमन्त्रीदेखि विभिन्न मन्त्रीहरूलाई भेटे । काठमाडौं आएका बेला उनले मेयर बालेन्द्र शाह (बालेन) लाई पनि भेटेका थिए । काठमाडौंका मेयर बालेनसँगको उनको भेट चर्चाको विषय बन्यो । गत निर्वाचनमा बालेन र हर्क दुवै स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका थिए ।

यी दुई मेयरलाई लिएर विभिन्न अड्कलबाजी समेत हुँदै आएको छ । कतिपयले आगामी निर्वचनअघि दुवैले मिलेर पार्टी खोल्ने समेत चर्चा गर्दै आएका छन् । काठमाडौंमा बालेनलाई भेटेर फर्केपछि हर्कले पनि त्यस्तै संकेत गरेका छन् ।

आज (शुक्रबार) बिहानै उनले फेसबुकमा लेखेका छन्, ‘हतार नगर्नु, नयाँ शक्ति निर्माण हुनेछ !’ यसले बालेन र हर्क मिलेर नयाँ पार्टी खोल्ने चर्चा गरिरहेकाहरूलाई बल पुर्‍याएको छ । उसो त उनले बिहीबार मात्रै बालेनसँगको तस्वीर राख्दै यही शंकालाई बल पुग्ने स्टाटस लेखेका थिए । ‘जीत हुन्छ क्रान्तिको शंकै नमान ! हामी झन विशाल बन्छौँ धन्दै नमान !’ उनले लेखेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७