एमालेको एकल बहुमत आए मात्रै देश समृद्ध हुन्छ : ओली


३० मंसिर २०८०, शनिबार
kp 1 4

पाँचथर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको एकल बहुमत आए मात्रै देश समृद्ध हुने दाबी गरेका छन् ।
आज (शनिबार) पाँचथरको फिदिममा आयोजित एमालेको झुलाघाट–चिवाभञ्ज्याङ ‘समृद्धिका लागि संकल्प यात्रा’ को अन्तिम बृहत् आमसभामा बोल्दै अध्यक्ष ओलीले एमालेको एकल बहुमतले मात्रै राष्ट्रिय स्वाभिमान र विकासको समृद्धि आउने बताएका हुन् ।

एमाले सधैं राष्ट्रियताको रक्षाको पक्षमा रहेको बताउँदै उनले जनताको मनोबल माथि उठाउन र विश्वास बढाउन समृद्धिका लागि संकल्प यात्रा सुरु गरेको बताए । ओलीले भने, ‘देश बनाउने संकल्प बोकेको एमालेले मात्रै समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्न सक्छ । त्यसका लागि सबैले हामीलाई सहयोग गर्न आवश्यक छ ।’

उनले एमाले सरकारबाट हटेपछि देशमा अस्थिरता, अराजकता, र अशान्ति बढेर गएको बताए । उनले भने, ‘देश विकास हुन सकेको छैन । देश कङ्गालीतर्फ धकेलिँदैछ । सरकारको बेइमानी चिर्न तपाईंहरूले एमालेलाई विश्वास गर्न जरुरी छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७