राजेन्द्र लिङ्देनको प्रश्न : नेपालमा नेता कुट्ने चलन कसले चलायो ?


३० मंसिर २०८०, शनिबार
rajendra lingden

काभ्रे । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा नेता कुट्ने चलन कसले चलायो भन्दै प्रश्न गरेका छन् । ‘अहिले देशभरि नेता कुट्ने चलन चलिराखेको छ । यसरी नेता कुट्ने चलन कसले चलायो ?,’ युवा संगठन काभ्रेको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले भने ।

नेता कुट्ने चलन राम्रो होइन भन्दै राप्रपा अध्यक्ष लिङ्देनले यस्तो कुराको राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध र आलोचना गर्ने बताए । उनले भने, ‘नेता देख्यो कि झम्टिहाल्ने स्थित कसरी बन्यो ? यस्तो विकृतिको अन्त्य हुनुपर्छ ।’ जनतालाई नेताप्रति विश्वास जगाउने काम गर्नुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७