साउदी अरब पठाइ दिने भन्दै ठगी गर्ने मेनपावर सञ्चालक पक्राउ


३ पुष २०८०, मंगलवार
thagi 1

काठमाडौं । रोजगारीका लागि साउदी अरब पठाइ दिने प्रलोभनमा पारेर एक लाख २५ हजार रुपैयाँ ठगी गर्ने दुई जना मेनपावर सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–९ घर भई हाल काठमाण्डु महानगरपालिका–३१ बस्ने ४२ वर्षीय लक्ष्मण विश्वा र काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१० की ४० वर्षीया सोफी मल्ललाई पक्राउ गरेको हो । आरोपी लक्ष्मणले काठमाडौं–३१ पुरानो बानेश्वरमा ओसो रिक्रुटिङ मेनपावर सञ्चालन गरेर ओमबाबु साहलाई वैदेशिक रोजगारीका लागि साउदी अरब पठाउने प्रलोभनमा ठगी गरेका थिए ।

साउदी अरब पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने र मासिक ४० हजार रुपैयाँ तलब हुने भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी १ लाख २५ हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएपछि पक्राउ गरिएको हो । आरोपीलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७