एस्टन भिल्ला र सेफिल्ड युनाइटेड बराबरीमा रोकिए


७ पुष २०८०, शनिबार
as

काठमाडौं । इङलिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । शुक्रबार राति सेफिल्ड युनाइटेडसँग १–१ गोलको कठिन बराबरी खेल्दै १ अंक जोडेपनि शीर्ष स्थानको आर्सनलसँग अंक बराबरीमात्रै गर्न सफल भयो । हार नजिक पुगेको एस्टनलाई दोस्रो हाफको अतिरिक्त सातौं मिेटमा निकोलो जानिलोले उद्धार गरेका थिए ।

उनले डग्लस लुइसको पासमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । ८७ औं मिनेटमा क्यामरन आर्चरले गुस्तोभो हामरको पासमा गोल गर्दै सेफिल्डलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता नजोगिदा सेफिल्ड पनि अंक बाँड्न बाध्य बन्यो ।

बराबरीपछि १८ खेलबाट ३९ अंक बनाउँदै एस्टन दोस्रो स्थानमा रहँदा सेफिल्ड युनाइटेड समान खेलबाट ९ अंकसहित पुछारबाट दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको आर्सनल ३९ अंकका साथ शीर्ष स्थानमा छ । आर्सनल र एस्टनको समान अंक भए पनि गोल अन्तरमा आर्सनल शीर्ष स्थानमा रहेको हो ।

प्रिमियर लिग अन्तर्गत (शनिबार) आज ६ वटा खेल हुने भएका छन् । एउटा खेल म्यानचेस्टर सिटी र ब्रेन्टफोर्डको भने स्थगित भएको छ । सिटी क्लब विश्कपका लागि साउदी अरेबियामा रहकाले यो खेल स्थगित भएको हो । क्लब विश्वकपको उपाधि भने सिटीले जितेको छ ।

यस्तै, अन्य खेलमा सवा ६ बजे वेस्टह्याम र म्यानचेस्टर युनाइटेड आमने सामने हुँदा पौने ९ बजे फुलह्याम र बर्नले, लुटन र न्युक्यासल, नटिङघम फरेस्ट र बर्नमाउथ तथा टोटनह्याम र एभर्टन खेल्ने छन् । त्यस्तै सवा ११ बजे लिभरपुल र आर्सनल आमने सामने हुने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७