पर्यटकको सहजताका लागि झापामा ‘ट्रस ब्रिज’ निर्माण


८ पुष २०८०, आईतवार
udayapur pull
फाइल फोटो

झापा । झापाको शिवसताक्षी नगरपालिकास्थित पर्यटकीय क्षेत्र दोमुखामा ‘ट्रस ब्रिज’ निर्माण गरिएको छ । यहाँ आउने पर्यटकको सजहताका लागि दोमुखास्थित नुनमाटी खोलामा ट्रस ब्रिज निर्माण गरिएको हो । यो ट्रस ब्रिज रु ३३ लाख ७५ हजार आठ सय ७१ को लागतमा निर्माण भएको हो ।

सङ्घीय झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत रु २८ लाख ६९ हजार चार सय ९०, शिवसताक्षी नगरपालिकाको रु चार लाख ३८ हजार आठ सय ६३ र जनसहभागिता रु ६७ हजार पाँच सय १७ रहेको नगर प्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए । २४ मिटर लामो ट्रस ब्रिज निर्माणमा प्राविधिक सहयोग सहारा नेपालले प्रदान गरेको उनले बताए ।

ट्रस ब्रिज निर्माणपश्चात् दोमुखमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि हुने अपेक्षा गरिएको उनले बताए । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको दोमुखामा पर्यटक लक्षित सडकलगायत पूर्वाधार निर्माण भइरहेका छन् । यहाँ नगरपालिकासँगै प्रदेश र सङ्घीय सरकारले पुल,सडकलगायत अन्य भौतिक पूर्वाधार निर्माणमा लगानी गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७