अरब सागरमा जापानी ट्यांकरमाथि ड्रोन हमला


८ पुष २०८०, आईतवार
Dron hamala

काठमाडौं । अरब सागरमा एक जापानी स्वामित्वको ट्यांकरमा ड्रोन आक्रमण भएको छ । रासायनिक वस्तुसहित तेल बोकेको ट्यांकरमा इरानले आक्रमण गरेको अमेरिकाले दाबी गरेको छ ।

यसअघि यमनको हुथी विद्रोहीले आक्रमण गरेको आशंका गरिएकोमा अमेरिकाले उक्त आक्रमणमा इरानको संलग्नता रहेको दाबी गरेको हो । हुथी समूहले अरब सागर र हिन्द महासागरमा कुनै पनि जहाजमाथि आक्रमण नगरेको प्रष्टीकरण दिएपछि अमेरिकाले इरानले आक्रमण गरेको बताएको हो ।

यसबारे इरानले भने कुनै प्रतिक्रिया दिएको छैन । रासायनिक वस्तु र लाखौँ ब्यारेल तेल बोकेको ट्यांकरमा भएको आक्रमणपछि आगलागी भए पनि चालक दलका सबै सदस्यसहित अन्य २० भारतीय सुरक्षित छन् । आक्रमणपछि भारतीय तटरक्षक अरब सागरमा परिचालित भएको छ । गाजामा जारी इजरायली आक्रमणपछि इरान समर्थित यमनको हुथी विद्रोही समूहले लाल सागर र प्रशान्त महासागरका केही क्षेत्रमा तेल बोकेका ट्यांकरहरुमाथि आक्रमण गर्दै आएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७