८८ किलो गाँजासहित गुरुङ पक्राउ


१२ पुष २०८०, बिहीबार
ganja

मकवानपुर । मकवानपुरबाट ८८ किलो गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बुधबार राति मकवानपुर हेटौंडा उपमहानगरपालिका १५ रातोमाटेस्थित चेकपोष्टबाट प्रहरीले ८८ किलो गाजासहित थाहा नगरपालिका–५ का सबिन कुमार गुरुङलाई पक्राउ गरेको हो ।

ना ८ ख ७५०४ नं को ट्रक कन्टेनरलाई रोकी चेकजांच गर्ने क्रममा ट्रक चालक गुरुङलाई खानतलास गर्दा ट्रकको डब्बामा लुकाई छिपाई गरी राखेको अवस्थामा ८८ किलो गाजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७