म्याग्दीका दम्पतीले निःशुल्क दिए नेत्र ज्योति संघलाई दुई करोडको जग्गा


१४ पुष २०८०, शनिबार
lalpurja jaggada
सांकेतिक तस्वीर

म्याग्दी । म्याग्दीका एक दम्पतीले नेत्र ज्योति संघ, बेनीलाई दुई करोड ५० लाख बराबरको जग्गा निःशुल्क प्रदान गरेका छन् । पूर्वाधारको अभावमा भाडा तिरेर सेवा दिइरहेको संघलाई मालिका गाउँपालिका–६ दिच्यामका मुक्ति रोका र याममाया रोकाले जग्गादान गरेका हुन् ।

रोका दम्पतीले संघलाई बेनीबजारस्थित कालिपुलको सात आना एक पैसा तीन दाम क्षेत्रफलको जग्गा दान गरेका हुन् । शुक्रबार बेनीमा आयोजित कार्यक्रममा रोका दम्पतीले संघका सभापति अमर बानियाँलाई सो जग्गाको लालपुर्जा हस्तान्तरण गरे । हाल क्याम्पसचोकमा भाडाको कार्यालयबाट सेवा प्रदान गरिरहेको संघलाई आफ्नै भवन निर्माणका लागि सहज भएको छ । संघको भवन निर्माणका लागि पनि सक्दो आर्थिक सहयोग गर्ने रोका दम्पतीले वाचा गरेका छन् ।

यसअघि जग्गादाता रोकाले २०६६ सालमा आफैले नेतृत्व गरेर हिमालयन आँखा अस्पतालसँग समन्वय गरी बेनीको रेडक्रस भवनमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७