काठमाडौंबाट डा. सीके राउतसहित ६३ जना पक्राउ


१६ पुष २०८०, सोमबार
ck 1

काठमाडौं । काठमाडौंबाट जनमत पार्टीका अध्यक्ष डा. चन्द्र कान्त (सीके) राउतसहित ६३ जना पक्राउ परेका छन् । माइतीघर मण्डलामा धोती दिवस मनाउनका लागि भेला भएका बेला उनीहरुलाई पक्राउ गरिएको हो ।

‘धोती दिवस’ मनाउन बबरमहलबाट माइतीघरतर्फ लाग्दै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनमत पार्टीका राष्ट्रिय सचिव वीपी साहले जानकारी दिए । अहिले उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ । निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

‘राष्ट्रि धोती दिवस मनाउन बबरमहलबाट माइतीघर जाँदै गर्दा डा. सीके राउतसहितको जनमत पार्टीका ६३ जनालाई प्रहरीले पक्राउ गरेको छ । अहिले हामीलाई महेन्द्र पुलिस क्लवमा राखिएको छ,’ साहले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७