२०८० पुस १८ गते बुधबारको तपाईको राशिफल

पुष कृष्ण सप्तमी पञ्चाङ्ग : शोभन बव उत्तर


१८ पुष २०८०, बुधबार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज चिताएको कामले तीव्रता लिनेछ । व्यापार, व्यवसायबाट फाइदा लिन सकिनेछ । महिला मित्रबाट विशेष सहयोग मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज कार्यमा सम्पादनमा समस्या आउला । सरकारी निकायको भय पनि रहनेछ, तर नयाँ कार्य र शुभकार्यको चर्चा चल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज धार्मिक र सामाजिक कार्यमा रुचि बढ्नेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । प्रेम र मित्रताको बन्धन पनि कसिने बेला छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज स्वास्थ्यप्रति सजग रहनुहोला अन्यथा धन खर्च हुनेछ । शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । मनमा चञ्चलता बढ्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज जोश, जाँगर र हिम्मत बढ्ने छ । नयाँ कामको योजना बन्ने छ । राजनैतिक कार्यमा सफलता मिल्ला । शुभकार्यको चर्चा पनि चल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
नयाँ ठाउँमा लगानी गर्नु त्यति राम्रो नहोला । सरकारी निकायको भय रहनेछ, तर साँझ सम्ममा कहीँ कतैबाट नयाँ र शुभ समाचार मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज दूरदराज वा परदेशमा रहेका आफन्तसँग प्रविधिमार्फत भेटघाट हुनेछ । रोकिएका व्यापार व्यवसाय विस्तारै सुचारु हुन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मङ्गल कार्यको योजना बन्ने छ । कृषि कार्यमा सहभागी भइएला । नयाँ रोजगारको अवसरले पछ्याउनेछ । स्वादिष्ट खानेकुरा पनि मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
धर्म, कर्म, तथा समाजसेवामा मन लाग्नेछ । अरुको मन जित्न सकिनेछ । शुभकार्यको योजना हुनेछ । साँझमा पैसा खर्च बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रेम र दाम्पत्य जीवन पनि सुखमय नै रहनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज परदेशमा रहेका आफन्तसँग प्रविधिमार्फत भेटघाट हुनेछ । आफन्तसँग सफल भेटघाट हुनेछ । उपहार पाइने सम्भावना पनि छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज मानसिक चिन्ता बढे पनि कार्यक्षेत्रमा प्रगति हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । कला र गलाको प्रभाव पनि बढ्नेछ । राशिफल जे जस्तो भए पनि तपाईंको दिन मङ्गलमय रहोस् ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७