फिनल्याण्ड र स्वीडेनमा तापक्रम माइनस ४० डिग्री सेल्सियस भन्दा तल


१८ पुष २०८०, बुधबार
1 oo YUbUiW6gkU

काठमाडौं । फिनल्याण्ड र स्वीडेनमा मंगलबार सबैभन्दा कम तापक्रम ४० डिग्री सेल्सियस रेकर्ड गरिएको छ । फिनल्याण्डमा यो जाडोको चिसो रेकर्ड उत्तरपश्चिमी शहर यलिभिस्कामा गरिएको छ । त्यहाँ मंगलबारको प्रारम्भमा तापक्रम शून्यदेखि ३७.८ डिग्री सेल्सियससम्म तल झरेको थियो । पूर्वानुमानकर्ताले पूरै साता केही स्थानमा तापक्रम ० देखि ४० डिग्री सेल्सियससम्म झर्ने बताएका छन् ।

फिनिस राजधानी हेलसिन्कीमा तापक्रम शून्यदेखि १५ र २० डिग्री सेल्सियसको बिचसम्म तल झर्ने अपेक्षा गरिएको थियो । स्वीडेनको सार्वजनिक प्रसारक एसभिटीका अनुसार उत्तरी स्वीडेनमा आदिवासी सामी बसोबास गर्ने गाउँ निक्कालुओक्टामा मङ्गलबार बिहान तापक्रम शून्यदेखि माइनस ४१.६ सेल्सियस तल पुगेको छ । एसभीटीका मौसमविद् निल्स होल्मक्विस्टले भने, ‘यो जाडोमा अहिलेसम्मको सबैभन्दा चिसो तापक्रम हो र उत्तरमा धेरै चिसो मौसम रहने छ ।’

स्वीडेनको मौसम तथा जलविज्ञान संस्थानले उत्तरी स्वीडेनमा धेरै स्थानमा शून्यभन्दा ३० डिग्री सेल्सियस तल तापक्रम भएको सूचना दिएको छ । साथै उसले दक्षिणी स्वीडेनका लागि हिउँ र हावाको चेतावनी जारी गरेको छ । संस्थानको दोस्रो उच्च चेतावनी आधा रातदेखि बुधबारसम्म लागू हुन्छ ।

घटेको तापक्रमसँगै हिउँले नर्वेसहित सम्पूर्ण क्षेत्रमा यातायात अवरुद्ध भएको छ । नर्वेमा मौसमका कारण दक्षिणमा एउटा प्रमुख राजमार्ग बन्द भएको छ भने फेरी लाइनहरू स्थगित गरिएको छ । स्वीडेनमा हिउँका कारण आर्कटिक उत्तरमा रेल यातायातका लागि धेरै समस्या उत्पन्न भएको बताएका छन् । दक्षिणी नर्वेको अरेण्डल शहरमा बालबालिकालाई स्कुल जानका लागि समयमै फुटपाथ सफा गर्न सम्भव नभएकाले बुधबार स्कुल बन्द रहने बताइएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७