अमेरिकामा भारतीय मूलका दम्पती र छोरी मृत फेला प्रकरण : ६ दिन बित्यो खुलेन रहश्य


१९ पुष २०८०, बिहीबार
kamal

काठमाडौं । अमेरिकामा भारतीय मूलका दम्पती एक छोरीसहित अमेरिकाकास्थित आफ्नै निवासमा मृत फेला परेका छन् । उनीहरू गत डिसेम्बर २८ तारिखमा आफू बसैकै भर्जिनियास्थित कोलोनी म्यासाचुसेट्स मानरियन) मा मृत अवस्थामा फेला परेको भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसले जनाएको छ ।

indian couple K87jrcsECQ

मृत भेटिएकामा ५८ वर्षीय राकेश कमल, उनकी ५४ वर्षकी श्रीमती टीना र १८ वर्षीया छोरी एरियना छन् । उनीहरूको घरेलु हिंसाका कारण ज्यान गइरहेको कतिपयको अनुमान गरिएको इण्डियन एक्सप्रेसमा उल्लेख छ । यद्यपि, कतिपयले भने धन–सम्पत्ति लुट्नका लागि घटना भएको हुनसक्ने अनुमान छ । घटनाको अनुसन्धान भने जारी छ ।

६ दिनसम्म पनि कुनै ‘क्लू’ पत्ता नलागेका कारण घटना रहश्यमय भइरहेको छ । रिक उपनामले चर्चित राकेश एउटा इडुनोभा नामक एजुकेसन सिस्टम्स् कम्पनीका मालिक हुन् । छोरी एरियना भने एउटा कलेजमा अध्ययनरत विद्यार्थी हुन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७