टोउलोउसलाई हराउँदै पिएसजीले जित्यो फ्रेन्च सुपर कपको उपाधि


१९ पुष २०८०, बिहीबार
psg IqNFetdoWI

काठमाडौँ । पिएसजीले फ्रेन्च सुपर कपको उपाधि जितेको छ । गए राति भएको फाइनल खेलमा पिएसजीले टोउलोउसलाई २–० गोल अन्तरले पराजित गर्दै सुपर कपको उपाधि जितेको हो ।

पिएसजीको जितमा ली कांग इन र केलियन एम्बाप्पेले एक एक गोल गरेका थिए । फ्रेन्च सुपर कप हरेक वर्ष लिग वानको पछिल्लो विजेता र फ्रेन्च कोपाको विजेताबीच खेल्ने गरिन्छ । पिएसजीले फ्रेन्च सुपर कप योसहित १२औँ पटक जितेको छ ।

२०२२ मा पनि पिएसजीले नै सुपर कपको उपाधि जितेको थियो । टोउलोउसले भने योसहित दोस्रो पटक सुपर कप खेलेको छ र दुवै पटक उपविजेता बनेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७