नेपालले बनाएको नानो स्याटलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने


१९ पुष २०८०, बिहीबार
jayashankar india

काठमाडौं । नेपालले बनाएको नानो स्याटलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने भएको छ । काठमाडौंमा आयोजित नेपाल–भारत संयुक्त आयोगको बैठकमा नेपालमा बनेको स्याटलाइटलाई प्रक्षेपण गर्ने विषयमा सहमति भएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले नेपालमा बनेको स्याटलाइट भारतको सहयोगमा प्रक्षेपण गर्ने विषयमा सहमति भएको जानकारी दिए । ‘नेपालले बनाएको स्याटलाइटलाई भारत सरकारको सहयोगमा प्रक्षेपण गर्ने विषयमा बैठकमा सहमति जुटेको छ । छिट्टै नेपालको स्याटलाइट प्रक्षेपण गर्नेछौं,’ उनले भने ।

बैठकमा चार बुँदे सम्झौता पत्रमा हस्ताक्षर समेत भएको छ । जसमा १० वर्षमा १० हजार मेगावाट बिजुली भारतलाई निर्यात गर्ने, नेपालले बनाएको स्याटलाइट भारतको सहयोगमा प्रक्षेपण गर्नेलगायत रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७