सुदूरपश्चिममा गठबन्धन र एमाले उम्मेदवारको मनोनयन दर्ता


२३ पुष २०८०, सोमबार
sudur gathabandhan

कैलाली । सुदूरपश्चिममा राष्ट्रिय सभाको तीनै सिटमा उम्मेदवारी दर्ता भएको छ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।

कैलालीको धनगढीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सत्तारुढ गठबन्धन र एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । एमालेले अन्यतर्फ ईश्वरी खरेल (कञ्चनपुर), महिलातर्फ सावित्री घिमिरे (कैलाली) र अपांगतातर्फ रामचन्द्र जोशी (कैलाली)लाई राष्ट्रिय सभाको उम्मेदवार बनाएको छ ।

sudur amale

यस्तै सत्तारुढ गठबन्धनमा कांग्रेसले दुई ससट र माओवादी केन्द्रले एक सिटमा उम्मेदवार खडा गरेको छ । कांग्रेसले अन्यतर्फ बलदेव बोहरा (कञ्चनपुर) र अपांगता तथा अल्पसङ्ख्यक कलस्टरमा नारायणदत्त भट्ट (कैलाली) तथा माओवादीले महिलातर्फ रेणु चन्द (बैतडी) लाई उम्मेदवार बनाएको छ । राष्ट्रियसभामा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने तीन जनाको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ । राष्ट्रियसभा चुनाव माघ ११ गते तोकिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७