छिरिङ तोग्बे भुटानकाे नयाँ प्रधानमन्त्री, मोदीले दिए बधाई


२६ पुष २०८०, बिहीबार
bhutan pm

काठमाडौं । भुटानको प्रधानमन्त्री छिरिङ तोग्बे हुने भएका छन् । तोग्बे नेतृत्वको जन लोकतान्त्रिक पार्टीले बहुमत ल्याएको भुटानको निर्वाचन आयोगले बुधवार सार्वजनिक गरेको हो ।

डेढ दशकबाट मात्र सुरु भएको संसदीय अभ्यास गर्ने भुटानको कुल ४७ सदस्य सदनमा तोग्बेको दलले एकल ३० सिट ल्याएपछि उनी प्रधानमन्त्री बन्ने निश्चित भएको हो । बाँकी सिट बीटीपी नामक दलले पाएको छ । अलजजिराका अनुसार मङ्गलबार भएको चुनावमा ६५.६ प्रतिशत मत खसेको थियो । सन् २०१३ देखि २०१८ सम्म प्रधानमन्त्री भएका तोग्बे ५८ बर्स पुगेका छन् ।

चुनावी नतिजा सार्वजनिक भएसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तोग्बेको पार्टी र तोग्बेलाई बधाई सामाजिक सञ्जालमा दिएका छन् । रोजगार बढाउने र अर्थतन्त्र सुधार गर्ने मुद्दामा चुनाव लडेका तोग्बेले चुनावी नतिजा सार्वजनिक भएपछि सामाजिक सञ्जालमा ‘भुटान व्यापारलाई खुला भएको’ पोस्ट गरेका छन् ।

तोग्बे भुटानका विश्वमै चिनिएका थोरै प्रधानमन्त्रीमा एक हुन । सन २०१६ अप्रिल १ मा ‘टेड टक्स’मा अपलोड भएको भुटान ‘कार्बन नेगेटिभ’ भएको उनको मन्तव्य ३५ लाख बढीले हेरेका छन् । आठ लाख भन्दा कम जनसङ्ख्या भएको भुटानको लागि यो विशाल भ्युज हो । तोग्बेले दशैको समयमा दिएको शुभकामना भिडियो सन्देश नेपालमा पनि लोकप्रिय बनेको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७