प्यालेस्टाइन समर्थकहरू अमेरिका र बेलायतसहित विश्वव्यापी प्रदर्शनमा


२९ पुष २०८०, आईतवार
war

काठमाडौं । प्यालेस्टाइनका हजारौं समर्थकले विश्वव्यापी प्रदर्शन गरेका छन् । उनीहरुले शनिबार अमेरिकाको वाशिंगटन, बेलायतको लण्डन र अन्य ठाउँमा विश्वव्यापी कार्य दिवसको रूपमा र्‍याली गरेका हुन् । प्रदर्शनकारीहरूले गाजा युद्धमा तत्काल युद्धविरामको माग गरेका छन् ।

प्यालेस्टाइनहरूले इजरायललाई अमेरिकी र बेलायतले गरेको समर्थनको पनि विरोधका थिए । प्रदर्शनकारीहरूले अब युद्धविराम गर्नु पर्ने र फ्री प्यालेस्टाइन र गाजामा युद्ध अन्त्य गर्न अनुरोध गरिएको ब्यानर र पोस्टर बोकेका थिए ।
इजरायल–हमास युद्धको ९९ औं दिनमा एकताको प्रदर्शनमा वाशिंगटनमा ठूलो भीडले प्यालेस्टिनी झण्डा फहराएको थियो ।

आज आइतबार इजरायल र प्यालेस्टाइनबीच युद्ध सुरु भएको १०० दिन पूरा भएको छ । गाजामा मारिएका वा घाइते भएका साथीहरू र आफन्तहरूको फोटो प्रदर्शन गर्दै उनीहरूले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई इजरायललाई दिँदै आएको सैन्य र आर्थिक सहायता बन्द गर्न आग्रह गरे थिए ।

उता, लण्डनमा भएको विरोध प्रदर्शनमा सुरक्षा व्यवस्था मजबुत बनाउन १,७०० प्रहरी ड्युटीमामा खटाइएको थियो । इजरायलले अहिले पनि गाजामा बम प्रहारलाई जारी राखेको छ । गाजाको स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार कम्तिमा २३ हजार ८४३ व्यक्तिको मृत्यु भएको छ । जसमा अधिकांश महिला र बालबालिका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७