केपी ओली कप फुटबल प्रतियोगिता फागुन ११ गतेदेखि


३ माघ २०८०, बुधबार
Kp oli cup

काठमाडौं । दोस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिता आउँदो फागुन ११ गतेदेखि हुने भएको छ । आयोजक राष्ट्रिय युवा संघ नेपालले आज (बुधबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगता फागुन ११ देखि १९ गतेसम्म सञ्चालन हुने जनाएको हो ।

प्रतियोगिताको फाइनल बाहेकका अन्य खेलहरु एन्फा टेक्निकल मैदान च्यासलमा खेलाइने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपालको ‘ए’ डिभिजन क्लबका अतिरिक्त विदेश टोलीको समेत सहभागिता रहने पनि राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए । प्रतियोगितामा बिजयी टोलीले ११ लाख रुपैयाँ र दोस्रो हुने टोलीले पाँच लाख रुपैयाँ प्रदान गरिने उनले बताए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई पनि एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले युवा संघले जनाएको छ ।

त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीलाई पनि जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ भने हरेक खेलको म्यान अफ दी म्याचले पनि १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष थेबेले खेलकुदको विकासका लागि चासो जगाउनका लागि प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक कमिटी र विभिन्न उपसमिति गठन गरिएको राष्ट्रिय युवा संघ नेपालले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७