पशुपतिको जलहरी प्रकरण : सदस्य सचिव ढकाल तीन लाख धरौटीमा रिहा


३ माघ २०८०, बुधबार
pradeep dhakal

काठमाडौं । विशेष अदालतले पशुपतिको जलहरी निर्माण भ्रष्टाचार मुद्दामा आरोपित पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकाललाई तीन लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ ।

विशेष अदालतमा आज (बुधबार) उपस्थित ढकाललाई न्यायाधीशहरु खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले तीन लाख धरौटी माग गरेको हो । केही दिनअघि निलम्बित सदस्य सचिव मिलनकुमार थापा तीन लाख रुपैयाँ धरौटीमा छुटेका थिए । उनी पुसको २५ गते धरौटी बुझाएर रिहा भएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा भ्रष्टाचार भएको भनी कोषका सदस्य सचिव थापासहित तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकाल र अरुण श्रेष्ठविरुद्ध एक करोड १७ लाख रुपैयाँ बिगो मागदाबी गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु र रामबहादुर थापाको इजलासले डेढ किलो सुन हिनामिना गरेको आरोप लागेका तत्कालीन कोषाध्यक्षसमेत रहेका मिलन थापासँग तीन लाख रुपैयाँ धरौटी मागेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७