रसिया पठाइ दिन्छु भन्दै सात लाख लिएपछि सम्पर्कविहीन बनेका थापा पक्राउ


४ माघ २०८०, बिहीबार
saroj thapa 2 K9bez6A711

काठमाडौँ । वैदेशिक रोजगारीका लागि रसिया पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कैलालीको लम्कीचुहा नगरपालिका–६ घर भई हाल काठमाडौं कीर्तिपुर–१० बस्ने वर्ष २८ को सरोज थापालाई पक्राउ गरेको हो ।

सरोजले मोहन साउदलाई वैदेशिक रोजगारीको लागि रसिया पठाई दिन्छु, त्यसको लागि ७ लाख ३० हजार रुपैयाँ लाग्छ, रसिया पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक एक लाख रुपैयाँ तलव हुन्छ भनी प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी सात लाख ३० हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भभएका थिए ।

प्रहरी टोलीले सरोज थापालाई खोजतलास गर्ने क्रममामाघ ३ गते कीर्तिपुर पाँगा दोबाटोबाट पक्राउ गरेको हो । थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७