महन्थ ठाकुर भन्छन्–अदालतले पनि मधेसलाई न्याय दिएन


५ माघ २०८०, शुक्रबार
mahantha thakur
फाइल फोटो

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले अहिले पनि राज्यले मधेसी समुदायमाथि विभेद गरिरहेको बताएका छन् ।

१७ औ बलिदानी दिवसका अवसरमा लोपसाको लोकतान्त्रिक बुद्धिजीवी संघले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ठाकुरले भेषभुषा र भाषाका आधारमा राज्यले मधेसी समुदायमाथि विभेद गरिरहेको बताएका हुन् । उनले संविधानमा उल्लेख अधिकारलाई प्रयोग गर्दा पनि प्रशासनले मधेसी समुदायमाथि दमन गर्ने गरेको जिकिर गरे ।

अध्यक्ष ठाकुरले धेरै जनसंख्या भएको मधेसमा कम बजेट विनियोजन गरेको धारणा राखे । उनले मधेसी समुदायको हक अधिकार स्थापित गर्नका लागि आन्दोलन निरन्तर रहेको उल्लेख गरे । २०६३ माघ ५ गते प्रथम मधेस आन्दोलनका क्रममा सिराहाको लहानमा रमेश महतो शहीद भएका थिए । त्यसैको सम्झनामा मधेस केन्द्रित दल र मधेश प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसको रूपमा मनाउँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७