अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड : तीनको मृत्यु, दुई जना घाइते


८ माघ २०८०, सोमबार

काठमाडौं । अमेरिकी राज्य टेक्ससको हस्टन क्षेत्रमा भएको गोलीकाण्डमा कम्तीमा तीन जनाको मृत्यु भएको छ । भाडाको घरमा भएको गोलीकाण्डमा अन्य दुई जना घाइते भएका बताइएको छ ।

ह्युस्टनको उपनगरीय शहर क्याटीमा भाडाको घरमा २० वर्ष उमेर समूहका करिब १० देखि २० जना किशोर–किशोरीहरु भेला भएको अवस्थामा झगडा भएको थियो । झगडापछि गोली हानाहान हुँदा कम्तीमा ५ जनालाई गोली लागेको थियो ।

ह्यारिस काउन्टी शेरिफको कार्यालयका अनुसार एक जना किशोर र एक जना किशोरीको घटनास्थलमा मृत्यु भएको थियो । अर्का एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । गोली लागेका अन्य २ जनालाई उपचारका लागि अस्पताल लगिएको छ । गोलीकाण्डबारे अनुसन्धान जारी रहेको अधिकारीहरुले जानकारी दिएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७