दक्षिणपश्चिम चीनमा गएको पहिरोमा परी ४७ जना पुरिए


८ माघ २०८०, सोमबार
china pahiro

काठमाडौं । चीनको दक्षिणपश्चिमी युनान प्रान्तमा सोमबार बिहान गएको पहिरोमा परी ४७ जनाको मृत्यु भएको छ ।
सोमबार बिहान ५ः५१ बजे झाओटोङ शहरको लियाङसुई गाउँमा गएको पहिरोमा बेपत्ताको खोजी गर्न ३३ वटा दमकल र १० लोडिङ मेसिनसहित २ सयभन्दा बढी उद्धारकर्ता परिचालन गरिएको छ ।

यसै बीच राष्ट्रपति सी चिनफिङले सो प्रकृतिक विपत्तिमा परेकाहरूको उद्धारकार्यलाई तीव्रता दिन आग्रह गरेका छन् । यसबारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७