ललितपुरका नापी सर्वेक्षक यादवसहित तीन जना घुससहित पक्राउ


१० माघ २०८०, बुधबार
Akhtiyar

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई घुससहित पक्राउ गरेको छ ।

आयोगको टंगाल कार्यालयबाट खटिएको टोलीले मंगलबार नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश बन्जारा र विनोद अधिकारीलाई दुई लाख ५० हजार रकमसहित नियन्त्रणमा लिएको हो । आयोगका अनुसार कित्ताकाट गर्न सहजीकरण गरेको भन्दै घुस मागिरहेको सूचनाका आधारमा उनीहरूलाई नापी कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको हो । तीनै जनामाथि अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७