अमेरिकालाई इरानले भन्यो–युद्ध चाहेका छैनौं, तर डराउँदैनौं


१८ माघ २०८०, बिहीबार
i

काठमाडौं । अमेरिकाले जोर्डनमा तीन आफ्ना तीन सैनिकको ज्यान जाने गरी भएको आक्रमणको जवाफ दिने प्रतिक्रिया दिएपछि इरानले धम्की नदिन चेतावनी दिएको छ ।

इरानका विदेशमन्त्री होसेन अमिर–अब्दुल्लाहियानले अमेरिकाले धम्की र प्रक्षेपणको भाषा बन्द गरी राजनीतिक समाधानमा ध्यान केन्द्रित गर्न आग्रह गरेका छन् । ‘कट्टरपन्थी इरान समर्थित आतंकवादी समूह’ लाई दोषी ठहर गरेका अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूले प्रतिक्रियाप्रति निर्णय लिएको तर मध्यपूर्वमा व्यापक युद्धको माग नगरेकामा जोड दिए ।

आइआरएनएको रिपोर्टअनुसार बुधबार इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्सका प्रमुख जनरल होसेन सलामीले अमेरिकी अधिकारीहरूको धम्की ‘अनुत्तरित नहुने’ बताए । ‘हामी युद्धको खोजीमा छैनौँ तर युद्धसँग डराउँदैनौँ’, उनले भने । इरानले अमेरिकी सैनिकमाथि आक्रमणसँग कुनै पनि प्रकारको सम्बन्धलाई अस्वीकार गरेको छ र मध्यपूर्वमा युद्धको विस्तार नचाहेको बताएको छ ।

इजराइल–हमास युद्धपछि सिरिया, इराक, लेबनान र यमनमा इरान समर्थित समूहरू समावेश हुँदा क्षेत्रीय तनाव बढेको छ । इस्लामिक गणतन्त्र इरानले यसअघि नै यस क्षेत्रका ‘प्रतिरोधी समूहहरू’ लाई समर्थन गर्ने ‘कर्तव्य’ मानेको तर निर्णय लिन र कारवाही गर्न ‘स्वतन्त्र’ रहेको बताएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७