सिंहदरबारमा प्रचण्ड र ओलीबीच भेटबार्ता


१९ माघ २०८०, शुक्रबार
prachanda kp oli 1 scaled
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटबार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सो भेटबार्ता भएको हो । माघ २२ गते संसदको हिउँदे अधिवेशन सुरू हुनुअघि सो भेट भएको हो ।

संसद अधिवेशनको बिषयमा दुबै नेताबीच छलफल भएको हो । दलहरूबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) मा सहमति जुटाउने प्रयास भइरहेका बेला सत्ता नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्षबीच सिंहदरबारमा संवाद भइरहेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७