माल्दिभ्सलाइ दिने सहायता रकममा भारतले गर्‍यो २२ प्रतिशतले कटौती


१९ माघ २०८०, शुक्रबार
india budget

नयाँदिल्ली । माल्दिभ्सको सुख–दुःखमा साझेदार रहेको भारत यसका गतिविधिबाट यति विचलित भएको छ कि अहिले नयाँ दिल्लीले मालेलाई दिने आर्थिक सहयोगमा कटौती गरेको छ ।

भारतले हिजो आर्थिक वर्ष २०२४–२५ को लागि अन्तरिम बजेट प्रस्तुत गरेको छ । सो बजेट अन्तर्गत भारतले २०२४–२५ आर्थिक वर्षको लागि माल्दिभ्सको सहायतामा २२ प्रतिशत कटौतीको प्रस्ताव गरेको छ । जसअनुसार माल्दिभ्सको विकासका लागि बजेटमा ६०० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

यद्यपि यो सरकारले कुनै पनि विदेशी मुलुकलाई दिने तेस्रो ठूलो रकम हो । तर यसअघि दिएको सहयोगको तुलनामा भने यो घटेको छ । सन २०२३– २४ मा भारत सरकारले माल्दिभ्सलाई ७७०.९० करोड भारतीय रुपैयाँ सहयोग गरेको थियो । सो अघि सन २०२१–२२ मा १८३.१६ करोड भारतीय रुपैयाँ दिएको थियो । माल्दिभ्सलाई भारतीय विदेश मन्त्रालयमार्फत विभिन्न योजना अन्तर्गत यो सहयोग उपलब्ध गराउँदै आएको छ ।

पछिल्ला केही वर्षदेखि माल्दिभ्सलाई आर्थिक सहायता प्रदान गर्ने देशहरूमा भारत अग्रणी रहेको छ । भारतले माल्दिभ्सलाई रक्षा, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा धेरै सहयोग गरिरहेको छ । तर, पछिल्लो दिनमा सबन्धमा दरार उत्पन्न भए पछि भारतले दिने माल्दिभ्सको बजेट घटाएको हो ।

साथै, भारत सरकारले आगामी आर्थिक वर्षका लागि विदेशी मुलुकलाई दिइने कुल अनुदानमा पनि १० प्रतिशतले कटौती गरेको छ । भारतले २०२४–२५ को लागि विदेशी देशहरूलाई सहायताको लागि ४८८३.५६ करोड भारतीय रुपैयाँ मात्र विनियोजन गरेको छ । तर, नेपाललाइ भने भारतले सहायता रकम बढाएको छ ।

जसअनुसार भारतले नेपाललाई दिने अनुदान बढाएर ११ अर्ब २० करोड पुर्‍याएको छ । नेपालका लागि वित्त वर्ष २०२३–२४ मा ५ अर्ब ५० करोड भारु अर्थात ८ अर्ब ८० करोड नेपाली रूपैयाँ विनियोजन गरेको भारतले आगामी वित्त वर्ष २०२४–२५ का लागि ७ अर्ब भारु अर्थात ११ अर्ब २० करोड रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७