अमेरिकाद्वारा इराक र इरानमा हवाइ हमला सुरू, ८५ स्थानलाइ केन्द्र बनाइयो


२० माघ २०८०, शनिबार
a

वासिंगटन डिसी । अमेरिकाले इराक र सिरियामा ब्यापक हवाइ हमला सुरू गरेको छ । गत आइतवारको ड्रोन आक्रमणमा तीन सैनिक अमेरिकी सैनिक मारिएको बदलामा अमेरिकाले हवाइ हमला सुरू गरेको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार अमेरिकाले शुक्रबार रातीबाट सिरिया र इराकका ८५ वटा लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी सेन्टकमले इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कर्प कुड्स फोर्स र सम्बद्ध मिलिशिया समूहहरू विरुद्ध हवाई आक्रमण गरेको जानकारी दिएको छ ।

‘हाम्रो प्रतिक्रिया आज सुरु भयो। यो हाम्रो रोजाइको समयमा र स्थानहरूमा जारी रहनेछ,’ राष्ट्रपति बिडेनले शुक्रबार एक विज्ञप्तिमा भनेका थिए । गत साता टावर २२ नामक अमेरिकी आधार शिविरमा भएको ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु हुनुका साथै ४० भन्दा बढी सैनिक घाइते भएका थिए ।

सो घटनामा ह्वाइट हाउसले इरानलाई दोष दिदैँ धेरै परिणामात्मक प्रतिक्रिया दिने यसअघि नै जनाइसकेको थियो । इरानले संलग्नतालाई अस्वीकार गर्दै अमेरिकी आरोपहरू ‘निराधार’ भएको जनाएको छ । उसका अनुसार प्रतिरोधी समूहहरूको निर्णयमा इरानको संलग्नता नभएको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७