अमेरिका र बेलायतले गरे यमनमा हमला


२१ माघ २०८०, आईतवार
usa and uk

काठमाडौं । अमेरिकी र बेलायती सेनाले शनिवार यमनको हुथी नियन्त्रित क्षेत्रहरूमा संयुक्त हमला शुरू गरेको छ । पेन्टागनले यस कदमले अन्तर्राष्ट्रिय जहाजमा आक्रमण गर्ने हुथी लडाकू समूहको क्षमतालाई कमजोर पार्ने उद्देश्य राखेको जनाएको छ ।

अष्ट्रेलिया, बहराइन, क्यानडा, डेनमार्क, नेदरल्यान्ड्स र न्युजिल्याण्डको सहयोगमा सञ्चालित स्ट्राइकहरूले हुथीहरूको हतियार भण्डारण, मिसाइल प्रणाली र लन्चरहरू, वायु रक्षा प्रणाली र रडारहरू, अमेरिकी रक्षासँग सम्बन्धित १३ स्थानहरूलाई लक्षित गरेका थिए । अमिरिकी अधिकारी लोयड अस्टिनले सो कारबाहीले हुथीहरूलाई स्पष्ट सन्देश दिएको बताएका छन् ।

आक्रमणका क्रममा अमेरिकी सेनाले यूएसएस ड्वाइट डी आइसेनहोवर विमानवाहक जहाजमा लडाकु विमानहरू तैनाथ गर्दै लाल सागरमा तैनाथ अमेरिकी युद्धपोतहरूबाट टोमाहक क्रूज मिसाइलहरू प्रहार गरेको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । हालैका दिनहरूमा गरिएको यो तेस्रो आक्रमण थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७