जिल्ला र उच्च अदालतका १२ न्यायाधीशको काज र सरुवा सिफारिस (सूचीसहित)


२३ माघ २०८०, मंगलवार
Nyaya parisad nayapatrika2019 06 19 07 07 47

काठमाडौँ । न्यायपरिषद्ले उच्च अदालतका तीन र जिल्ला अदालतका नौं न्यायाधीशहरूको काज र सरुवा सिफारिस गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज (मंगलबार) बिहान बसेको न्यायपरिषद्को बैठकले उच्च अदालतका तीन न्यायाधीशको काज सरुवा सिफारिस गरेको हो ।

न्यायपरिषद्ले उच्च अदालत सुर्खेतका रामेश्वर रेग्मीलाई उच्च अदालत पाटनमा काज सरुवा सिफारिस गरेको छ । उच्च अदालत सुर्खेतका काजीबहादुर राईलाई उच्च अदालत विराटनगरको इलाम इजलासमा काज सरुवा गरिएको छ ।
उच्च अदालत तुलसीपुर बुटवल इजालसका विष्णुप्रसाद अर्याललाई उच्च अदालत तुलसीपुरमा काज सिफारिस गरिएको छ । न्यायपरिषद्ले जिल्ला अदालतका ६ न्यायाधीशको पनि सरुवा सिफारिस गरेको छ । जसअनुसार जिल्ला अदालत कास्कीका ऋषिराम आचार्यको जिल्ला अदालत ललितपुरमा सरुवा सिफारिस भएको छ ।

यस्तै जिल्ला अदालत सुनसरीका हरिप्रसाद कोइरालाको जिल्ला अदालत कास्कीमा सरुवा सिफारिस गरिएको छ । जिल्ला अदालत कास्कीबाट अवनी मैनाली भट्टराईको जिल्ला अदालत मकवानपुरमा सरुवा सिफारिस भएको छ । तेह्रथुम जिल्ला अदालतका प्रमेश पोखरेलको जिल्ला अदालत पर्सामा सरुवा सिफारिस गरिएको छ ।

रौतहट जिल्ला अदालतका तेजबहादुर खड्काको झापा जिल्ला अदालतमा सरुवा सिफारिस भएको छ । झापा जिल्ला अदालतका भीमबहादुर निरौलाको सरुवा तेह्रथुम जिल्ला अदालतमा सिफारिस भएको छ । जिल्ला न्यायाधीशहरूतर्फ नै केहीको काज सरुवा सिफारिस पनि भएको छ । न्यायपरिषद्ले डडेल्धुरा जिल्ला अदालतका जयराम ढकालको जिल्ला अदालत चितवनमा काज सिफारिस गरेको छ । जिल्ला अदालत नवलपुरका न्यायाधीश बाबुराम सुवेदीको जिल्ला अदालत मोरङमा काज सिफारिस भएको छ ।

त्यस्तै दाङ जिल्ला अदालतका कुलप्रसाद पाण्डे पाण्डेको नवलपुर जिल्ला अदालतमा काज सिफारिस भएको छ । बैतडी जिल्ला अदालतका जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीलाई डडेलधुराको जिल्ला न्यायाधीशको हैसियतले समेत कामकाज गर्ने गरी तोक्न सिफारिस न्यायपरिषद्ले गरेको छ ।
हेर्नुस् सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७