बाँसबारी जग्गा प्रकरण : व्यवसायी अरुण चौधरीसहित तीनै जना आज छुट्दै


२४ माघ २०८०, बुधबार
Arun chauthari basanta thapa
फाइल फोटो

काठमाडौँ । बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गाा हिनामिना प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीन जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छाड्ने तयारी गरेको छ । काठमाडौ जिल्ला अदालतको आदेशअनुसार उनीहरुलाई कीर्ते र ठगी मुद्दामा अनुसन्धान कायमै राखेर छाड्न लागिएको हो ।

सीआईबीका एसएसपी दिनेश आचार्यले भने, ‘काठमाडौं जिल्ला अदालतको आदेशबमोजिम तीनै जनालाई हाजिरी जमानामा छाड्न लागिएको हो । तर उनीहरूविरुद्ध कीर्ते र ठगी मुद्दामा अनुसन्धान जारी नै रहन्छ ।’ अदालतले सोमबार बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ परेका उद्योगी अरुणकुमार चौधरीसहित तीन जनालाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले काठमाडौंले अनुमति दिएको थियो । तर दुई दिनभित्र अनुसन्धान नसके जमानीमा छोड्न आदेश गरेको थियो ।

बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना गरेको आरोपमा सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीसहित तीन जना पक्राउ परेका थिए । सीआईबीले चौधरीसहित तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई बिहीबार काठमाडौंबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७