मेटाले बन्द गरिदियो इरानी सर्वोच्च नेताको इन्स्टाग्राम र फेसबुक खाता


२७ माघ २०८०, शनिबार
Capture.JPG 1873

क्यार्लिफोनिया । ३५ वर्षदेखि इरानमा सत्तामा रहेका आयतोल्लाह अली खामेनीको सामाजिक सञ्जाल इन्स्टाग्राम र फेसबुक अकाउन्ट मेटाले ब्लक गरेको छ । मेटा कम्पनीका एक अधिकारीले यसको पुष्टि गरेका छन् । खाताहरू ब्लक गर्नुको कारण मेटा दिशा निर्देशहरूको उल्लङ्घन भनिएको छ । मेटाका अनुसार खामेनीले लामो समयदेखि सामाजिक सञ्जालमार्फत इजरायल र गाजा युद्धमा हमासलाई खुलेर समर्थन गर्दै आएका थिए ।

एक रिपोर्टका अनुसार अयातोल्लाह अली खामेनीले गाजामा इजरायलको आक्रमणको विरोध गरिरहनुभएको थियो । अर्कोतर्फ, यमनका हुथी विद्रोहीहरूले लाल सागरमा जहाजहरू विरुद्ध प्यालेस्टाइनको आक्रमणलाई खुलेर समर्थन गरिरहेका थिए । अमेरिकाले यी संगठनहरूलाई आतंकवादी संगठन घोषणा गरेको छ । यसका कारण मेटाले खामेनीका दुई सामाजिक सञ्जाल प्लेटफर्महरू ब्लक गरिदिएको हो । तर, अहिले पनि खामेनीले एक्स ह्यान्डल भने चलाइरेका छन् ।

मेटाका एक अधिकारीका अनुसार अमेरिकी कम्पनी मेटाले आफ्नो प्लेटफर्मका लागि धेरै नीतिहरू बनाएको छ यदि उल्लङ्घन भएमा खाता ब्लक गरिन्छ । ३५ वर्षसम्म सत्तामा रहेका इरानका सर्वोच्च नेताले यी खाताहरूमार्फत गाजा युद्धमा हमासलाई खुलेर समर्थन गरिरहेका थिए । मेटाका प्रवक्ताले भने कि अमेरिकाद्वारा खतरनाक भनी तोकिएका संस्था र व्यक्तिहरूको समर्थनमा पोस्ट गर्नु मेटाको नीतिको विरुद्ध हो । बारम्बार नीति उल्लङ्घन गरेको भन्दै खामेनीको खाता हटाइएको हो । यसको नीतिको अंशको रूपमा मेटाले आफ्नो प्लेटफर्मबाट ‘हिंसक बयान दिने वा हिंसामा संलग्न हुने संस्था वा व्यक्तिहरूलाई हटाउँछ ।’

यसबाहेक इरानी विपक्षी र इजरायली समर्थकहरूले पनि खामेनीको सामाजिक सञ्जाल अकाउन्टमाथि प्रतिबन्ध लगाउन धेरै पटक माग गरेका थिए । यसैलाई ध्यानमा राख्दै मेटा खामेनीमाथि कारबाही गरिएको हो । मेटाका अनुसार खामेनीको फारसी खातामा ५.१ मिलियनभन्दा बढी फलोअर्स थिए भने उनको अंग्रेजी भाषाको खातामा २ लाखभन्दा बढी फलोअर्स थिए । खामेनीले यी सोशल मिडिया खाताहरू मार्फत प्यालेस्टाइनलाई खुलेर समर्थन गर्नुभएको छ । यस बाहेक खामेनीले लाल सागरमा हुथी आक्रमण र इजरायलको लेबनान सीमामा हिजबुल्लाहले गरेको आक्रमणलाई पनि समर्थन गरेका छन् ।

इरानी सरकारका पूर्वसल्लाहकार मोहम्मद मरान्डीले मेटाको यो कार्यलाई कपट भनेका छन् । इरानी सल्लाहकारले भने, ‘मेटाले हामी जस्ता धेरै व्यक्तिहरूको खाता बन्द गरेको छ अर्कोतर्फ इजरायललाई समर्थन गर्ने व्यक्तिहरूको खाता बन्द गरिएको छैन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७