संसद परिसरभित्रै प्रदर्शन गर्ने ४९ लघुवित्त पीडित प्रहरी वृत्त बानेश्वरमा


१४ फाल्गुन २०८०, सोमबार
laghu bitta samsad ma pradrashan scaled

काठमाडौँ । निषेधित क्षेत्र तोडेर संसद् भवनमा प्रवेश गरेको आरोपमा प्रहरीले केही लघुवित्त ऋणीहरूलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीका अनुसार ४ जनालाई संसद् भवनभित्रबाट र ४५ जनालाई निषेधित क्षेत्र तोडेको आरोपमा नियन्त्रणमा लिइएको हो । पक्राउ परेका ४९ जनालाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको उनले नागरिक न्युजलाई जानकारी दिए ।

सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक सञ्चालन भइरहेको बेलामा लघुवित्त ऋणीहरुले परिसरमै पुगेर नाराबाजी गरेका थिए । लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिँडेर काठमाडौंमा आन्दोलन गर्न आएका ऋणीहरू सोमबार संसद् भवनभित्रै प्रवेश गरी प्रदर्शन थालेको हुन् ।

सरकारले संघीय संसद् वरपरको क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरेको छ । तर लघुवित्त ऋणीहरुले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेसँगै केही प्रदर्शनकारीहरु पक्राउ परेका हुन् । उनीहरुले आफूहरु गोली खान पनि तयार रहेको भन्दै संसद् परिसरभित्रै सुतेर विरोध जनाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७