म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ


१६ फाल्गुन २०८०, बुधबार
sharmila waiba makuri

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता दावी गर्ने शर्मिला वाइबा पक्राउ परेकी छिन् । सिन्धुपाल्चोक प्रहरीले उनलाई बुधबार कुटपिट तथा अङ्गभङ्ग मुद्दामा बाह्रबिसेबाट पक्राउ गरेको हो ।

वाइबा सिन्धुपाल्चोक पुगेको जानकारी पाएपछि काठमाडौं प्रहरीले त्यहाँको प्रहरीसँग समन्वय गरेर उनलाई पक्राउ गरेको हो । केही दिनअघि शर्मिला वाइबा, हाँस्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ की पत्नी सुम्निमा खालिङ र बहिनी गंगा उनी बसेको घरभित्र गएर हातपात गरेका थिए ।

अनुहारमा चोटैचोट लिएर पवनले पत्रकार सम्मेलन गरेका थिए । पवनको पत्नी सुम्निमासँग विवाद चलिरहेको छ । पछिल्लो समय सामाजिक सञ्जालदेखि समाचारहरुमा पवन र सुम्निमाको विवादको विषय छताछुल्ल भएको छ । उनीहरुले एक–अर्कालाई विभिन्न आरोप लगाउँदै अन्तवार्ताहरु दिइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७