संसद भवन परिसरबाट पक्राउ ४९ जना लघुवित्त ऋणीलाई हाजिरी जमानीमा छाडियो


१७ फाल्गुन २०८०, बिहीबार
laghu bitta samsad ma pradrashan scaled

काठमाडौं । काठमाडौंको बानेश्वरस्थित संसद भवन परिसर छिरेपछि पक्राउ परेका लघुवित्त ऋणीहरूलाई प्रहरीले छाडेको छ । मंगलबार पक्राउ परेका ४९ जनालाई हाजिरी जमानीमा छाडेको हो ।

तीन दिनअघि संसद बैठक चलिरहेका बेला लघुवित्तले आफूहरूलाई पीडित बनाएको दाबी गर्ने समूह प्रहरीलाई ठेल्दै भवनभित्रै प्रवेश गर्न खोजेको थियो । केही समययतादेखि लघुवित्त पीडितहरु काठमाडौं केन्द्रित आन्दोलनमा रहेका छन् । लघुवित्त पीडित संघर्षका नाममा उनीहरुले न्यायको माग गर्दै आन्दोलन जारी राखेका छन् ।

लघुवित्त पीडित संघर्षका नाममा उनीहरुले न्यायको माग गर्दै आन्दोलन जारी राखेका छन् । लघुवित्तका ऋणीहरुसँग सरकारले तेस्रो पटकसम्म वार्ता गरे पनि निष्कर्ष निस्कन सकेको छैन । सुरक्षामा लापरवाही गरेको भन्दै संसद भवन सुरक्षार्थ खटाइएको प्रहरी युनिट परिवर्तन गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७