सिटौलालाई राष्ट्रियसभा अध्यक्ष नदिने प्रचण्डको संकेत : घटनाक्रम भिन्न तरिकाले अघि बढे


१७ फाल्गुन २०८०, बिहीबार
prachanda sitaula

चितवन । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियसभाको अध्यक्ष पार्टीले लिने लिखित निर्णय नभए पनि नेपाली कांग्रेसलाई छाड्न नसकिने जनाऊ दिएका छन् । अहिले परिस्थिति फेरिएको भन्दै उनले सिटौलालाई समर्थन नगर्ने संकेत गरेका हुन् ।

शान्ति प्रक्रिया र संविधान लेखनको प्रक्रियामा खेलेको भूमिकाका कारण कांग्रेस नेता कृष्ण सिटौलालाई अध्यक्ष बनाउन सकिनेबारे यसअघि आफूले बोलेको भए पनि घटनाक्रम भिन्न तरिकाले अघि बढेको उनले बताएका हुन् । आज (बिहीबार) चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सिटौलाले राष्ट्रियसभा निर्वाचनमा कांग्रेसबाट कोशी प्रदेशमा धोका भएकाले आफू गम्भीर भएको बताएका हुन् । ‘घटनाक्रम भिन्न तरिकाले अघि बढेको’ भन्नेबारे भने उनले विस्तृत रुपमा खुलाएनन् ।

कांग्रेसले महासमिति बैठकबाट गठबन्धन गरिँदैन भनेर गरेको निर्णयको दस्तावेजमा माओवादी जनयुद्धबारेमा बेमौसमी बाजालगायतले आशंका उत्पन्न भएको प्रचण्डले बताएका छन् । तर, राष्ट्रियसभा माओवादीले लिने भन्ने सम्बन्धमा पार्टीले लिखित रुपमा कुनै निर्णय नगरेको उनले स्पष्ट पारे । यद्यपि अहिले पनि आफूहरु गठबन्धनकै पक्षमा रहेको भन्दै उनले भने, ‘यसले तात्विक रुपले ठूलै अन्तर परिहाल्छ भन्ने ठाउँमा चाहिँ हामी पुगेको स्थिति होइन ।’ भरपुर महानगरपालिकाले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड बिहीवार साँझ भरतपुर पुगेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७