हङकङमा टी–२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा, को–को परे ?


२० फाल्गुन २०८०, आईतवार
Rohit 6.jpg

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले हङकङमा हुने टी–२० त्रिकोणात्मक सिरिज खेल्ने टिमको घोषणा गरेको छ । क्यानले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो । क्यानले हङकङमा खेल्ने टिममा सोमपाल कामी, आसिफ सेख, कुशल मल्ल र ललित राजबंशीलाई बाहिर राखेको छ । त्यस्तै टिममा विनोद भण्डारी, लोकेश बम, आकाश चन्द रासिद खानलाई समावेश गरिएको छ ।

नेपाली टिम– रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ सेख, विवेक यादव, रशिद खान, करण केसी, सागर ढकाल, प्रतिस जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा । नेपालले मार्च ९ देखि १३ मार्चसम्म हङकङ, नेपाल र पपुवान्यूगिनीसम्मिलित टी–२० सिरिज खेल्दै छन् । त्रिकोणात्मक टी–२० सिरिजमा मार्च १० मा हङकङ र नेपाल खेल्ने छन् भने मार्च १२ मा दुई खेल हुने छन् । मार्च १२ मा पिएनजी र नेपाल पहिलो खेलमा खेल्ने छन् भने दोस्रो खेलमा हङकङ र पिएनजी खेल्ने छन् ।

मार्च १३ मा त्रिकोणात्मक टी–२० सिरिजको फाइनल खेल हुने छन् भने फाइनलमा नपुग्ने देशले हङकङ ए सँग तेस्रो स्थानको लागि खेल्ने छ । साथै सिरिज अघि हङकङ र नेपालबीच मार्च ९ मा फ्रेन्डसिप कप हुने हङकङ क्रिकेट बोर्डले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७