सरकारमा जान जनमतले राख्यो मधेश प्रदेशको मुख्यमन्त्री शर्त


२१ फाल्गुन २०८०, सोमबार
ck raut 1

काठमाडौं । डा. सीके राउत (चन्द्रकान्त) नेतृत्वको जनमत पार्टीले माओवादी–एमाले सत्ता गठबन्धनमा सहभागी हुन शर्तअघि सारेको छ । जनमत पार्टीको सचिवालय बैठकले नयाँ सत्ता गठबन्धनमा सहभागी हुन आफ्नो पार्टीलाई मधेश प्रदेशको मुख्यमन्त्री दिनुपर्ने शर्त राखेको हो ।

कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले, रास्वपासहितको गठबन्धन बनाएपछि जनमतको सो शर्त आएको हो । साथै जनमतले संघीय सरकारमा पनि राम्रो मन्त्रालय दिनुपर्ने निर्णय गरेको छ । ‘हामीलाई विगत एक वर्षमा मधेशमा पनि सही मूल्याङ्कन भएको छैन र संघमा पनि राम्रो समन्वय गरिएको छैन’, पार्टी सचिव बीपी साहले भने, ‘योे बेला कुरा गरेर मात्रै निर्णय लिने भएका छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७