नयाँ मन्त्रीहरूको नामसहित शीतल निवास पुगे प्रधानमन्त्री प्रचण्ड


२१ फाल्गुन २०८०, सोमबार
pm gadi

काठमाडौँ । सबै मन्त्रीहरूलाई हटाएर नयाँ मन्त्रीहरूको नाम बोकेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरू शीतलनिवास पुगेका हुन् ।

‘पुराना सबै मन्त्रीलाई हटाएर नयाँ मन्त्री नियुक्त गरेको छु’ भन्ने पत्र बोकेर प्रधानमन्त्री प्रचण्ड शीतल निवास पुगेका हुन् । कांग्रेस मन्त्रीले राजीनामा नदिएपछि हटाएर उनी नयाँ मन्त्री बनाएको पत्र लिएर गएका हुन् । अहिलेसम्म तीन मन्त्रीको टुंगो लागिसकेको छ । एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याल मन्त्री बन्ने पक्का भइसकेको छ ।

जसपाले पनि छिट्टै नै मन्त्रीको नाम टुंगो लगाउने तयारी गरेको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले संघीयता कार्यान्वयनका विषय थप गर्नुपर्ने भनेपछि दलहरूले छलफल लम्ब्याएका हुन् । नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्रीले सोमबारै गठबन्धनमा सहभागी हुने दलहरू समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । मन्त्रिपरिषद्मा एमाले, माओवादी, रास्वपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीलाई समेट्ने तयारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७