साउदीका १० महिलाले पाए गाडी चलाउन लाइसेन्स

काठमाडौं, २२ जेठ । साउदी अरेबियाले महिलालाई पनि सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिन शुरू गरेको छ । त्यहाँको ट्राफिक निर्देशनालयले सोमबार १० महिलालाई लाइसेन्स दिएको छ ।
उनीहरूले साउदीको लाइसेन्स लिन आफूसँग भएको विदेशी लाइसेन्स निर्देशनालयमा बुझाएका थिए । सूचना मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अर्को सातासम्म २ हजार महिलाले लाइसेन्स पाउने अपेक्षा गरिएको छ । यसअघि महिलालाई सवारी चलाउने अनुमति नदिने साउदी अरेबिया एकमात्र देश थियो । गत वर्ष सेप्टेम्बरमा साउदी राजाले इस्लामिक कानुनअनुसार महिलाले पनि लाइसेन्स पाउने घोषणा गरेका थिए । एजेन्सी