कांग्रेसले बेमौसमी मानमर्दन गर्‍यो, जोखिम मोलेरै विकल्प रोजे : प्रधानमन्त्री (पूर्णपाठ)


२४ फाल्गुन २०८०, बिहीबार
prchanda samsad

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै कांग्रेसले गठबन्धनको मानमर्दन गरेको आरोप लगाएका छन् । उनले नयाँ सत्ता गठबन्धन बनाउनुको कारण खोतलेका छन् ।

उनले निर्वाचन आउन चार वर्ष बाँकी छँदै महासमिति बैठकमा बेमौसममा मानमर्दन गरेको उल्लेख गरे । ‘महासमितिको बैठकमा जसरी धर्मका नाममा हस्ताक्षर चलाइयो । त्यसले गर्दा कांग्रेसप्रति आशंका भयो’ प्रधानमन्त्री प्रचण्डले भने, ‘माओवादी आन्दोलनको बिद्रुपीकरण गरियो ।’ उनले आफ्नो लक्ष्य सत्ता नभइ सुशासन र समृद्धि रहेको बताए ।

‘मसँग दुई विकल्प थिए, औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गरिरहने कि पदको जोखिम उठाएरै भएपनि आफ्नो राजनीतिक प्रतिबद्धताअनुसार, राष्ट्रनिर्माणमा लाग्ने ? मैले दोस्रो विकल्प रोजेँ,’ प्रधानमन्त्री दाहालले भने, ‘त्यो कति जोखिमपूर्ण थियो र छ, पछिल्ला दुई दिनका घटनाक्रमले देखाइरहेका छन् । अब यो कति परिणामुखी हुन्छ, त्यो पनि विश्वासको मत लिने बेलासम्म प्रारम्भिक रूपमा प्रमाणित भइसक्ने मेरो विश्वास छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७