प्राध्यापक हत्या आरोपमा १६ वर्षपछि दुई महिला पक्राउ


६ चैत्र २०८०, मंगलवार
sobita

काठमाडौं । काठमाडौंको मीनभवनस्थित नेपाल कमर्स क्याम्पसका शिक्षक धर्मराज विष्टको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर ढोलाहिटीकी शोभिता थापालाई पक्राउ गरेको हो । कार्यालयले सोभितालाई हत्याको मुख्य योजनाकारको रुपमा लिएको छ ।

२०६४ असार २३ गते शोभिता, उनका भाइ विनोदसहित तीन जनाको समूहले कुटपपिट गर्दा ललितपुर इमाडोल निवासी विष्ट गम्भीर घाइते भएका थिए र उपचारका क्रममा मृत्यु भएको थियो । उक्त घटनाको १६ वर्षपछि प्रहरीले हत्या आरोपी थापालाई पक्राउ गरेको हो । थापालाई प्रहरीले जिल्ला अदालत ललितपुरमा बुझाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७