दुर्गा प्रसाईंका बडिगार्ड पाँच दिन हिरासतमै रहने, लाइसेन्स देखाउँदा पनि किन छुटेनन् ?


७ चैत्र २०८०, बुधबार
Durga Prasai 1024x512 1

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई जना बडिगार्डलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । सोमबार सर्वोच्च अदालत परिसरबाट लाइसेन्स प्राप्त हतियारसहित पक्राउ परेका दुई जना बडिगार्डलाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हो ।

जर्मनीमा निर्मित अत्याधुनिक हतियारसहित पक्राउ दीपक खड्का र राजकुमार धिमाललाई पाँच दिन हिरासतमा राख्ने अनुमति दिइएको छ । सोमबार दिउँसो सर्वोच्च अदालतभित्र उनीहरू हतियार लिएर प्रवेश गरेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । व्यवसायी दुर्गा प्रसाईंका अंगरक्षकबाट स्वचालित बन्दुक बरामद भएपछि गृह मन्त्रालय र प्रहरी तरङ्गित बनेका छन् । बन्दुकको बकाइदा लाइसेन्स देखाउँदा पनि पक्राउ परेकाहरुलाई छोडिएको छैन ।

उनीहरुलाई हातहतियार तथा खरखजना ऐन, २०१९ बमोजिम कारबाही गर्न काठमाडौं प्रहरी परिसरले अनुमति लिएको छ । इजाजतप्राप्त हतियार बोकेर हिँड्दा गैरकानूनीरुपमा पक्राउ परेको भन्दै प्रसाईंले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन् । बन्दुकको लाइसेन्स देखाउँदा पनि प्रहरी किन उनीहरुलाई कारबाही गर्न अग्रसर भइरहेको छ त ? काठमाडौंका प्रहरी प्रमुख भुपेन्द्र खत्रीले लाइसेन्सवाहक दीपक भए पनि रामकुमारको साथमा जर्मन स्पोटर््स गन (जीएसजी–५) भेटिएकाले पक्राउ गरिएको बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७