नेपालगञ्जमा २० वर्षीय युवकको शव फेला, हत्याको आशंका


१९ चैत्र २०८०, सोमबार
latest News nayapage1 scaled

नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा एक युवकको शव भेटिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२१ विर्तामा स्थानीय २० वर्षीय युवक अरबी खाँको शव आइतबार फेला परेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

उनले भने, ‘घाँटीमा धारिलो हतियार प्रहार गरेर खाँको हत्या गरिएको खुलेको छ ।’ उनको शव परीक्षणका लागि भेरी अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७