प्रस्तावित महालेखा परीक्षक रायाविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान


१९ चैत्र २०८०, सोमबार
toya

काठमाडौँ । प्रस्तावित महालेखापरीक्षक तोयम रायाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढेको छ । संसदीय सुनुवाइ समितिको सोमबारको बैठकले १० दिने सूचना जारी गर्ने निर्णय गरेको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । सोमबार सिंहदरवारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले उजुरी आह्वान गर्ने निर्णय गरेको हो । समितिको निर्णय अनुसार १० दिनभित्र जोकोही नेपाली नागरिकले उजुरी दिन सक्ने छन् ।

आइतबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा तोयम रायालाई सिफारिस गरेको थियो । संवैधानिक परिषदले सिफारिस गरेलगत्तै उनको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको हो । संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ । राष्ट्रिय ततथ्याङ्क कार्यालयका सचिव रायालाई आइतबार बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७