काठमाडौंबाट पक्राउ परेका माओवादी नेता खामलाई चितवन लगियो


२१ चैत्र २०८०, बुधबार
Kali Bahadur Kham

काठमाडौं । काठमाडौंबाट पक्राउ माओवादी केन्द्रका नेता कालीबहादुर खामलाई चितवन लगिएको छ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी खामलाई जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले मंगलबार साँझ पक्राउ गरेको थियो ।

उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । विसं २०६५ वैशाख २८ गते राति ८ बजे खाममाथि काठमाडौं कोटेश्वर निवासी रामहरि श्रेष्ठलाई अपहरण गरी हत्या गरेको आरोप छ ।

श्रेष्ठकी श्रीमती रमिला श्रेष्ठले अपहरण गरी हत्या गरेको भनी विसं २०६५ जेठ ३ गते जिल्ला प्रहरी कार्यालय चितवनमा दिएको किटानी जाहेरी दिएका आधारमा प्रहरीले खामको खोजी जारी राखेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७