सुनसरीमा कर्फ्यूबारे निर्णय लिन सर्वदलीय बैठक बस्दै


२४ चैत्र २०८०, शनिबार
sunsari jhadap 2

सुनसरी । सुनसरीको भुटाहामा दुई पक्षबीचको झडपपछि विभिन्न स्थानमा लगाइएको कर्फ्यूबारे निर्णय लिन आज (शनिबार) सर्वदलीय बैठक बस्दैछ ।

बिहान १० बजे बस्ने बैठकपछि उपयुक्त निर्णय लिने जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्राईले जानकारी दिए । उनका अहिले अवस्था सामान्य रहेको छ । बिहीबार माध्यमिक शिक्षा परीक्षाको क्रममा हरिनगर गाउँपालिका–१ मा रहेको बालकृष्ण माविमा एक युवकलाई कुटपिट गरेको विषयलाई लिएर दुई समूहबीच विवाद शुरु भएको थियो ।

शुक्रबार दिनभरजसो तनावग्रस्त बनेको सुनसरीमा ३१ राउण्ड हवाई फायर गरिएको थियो । स्थिति नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीतर्फ १५ जना प्रहरी र चार सशस्त्र प्रहरी घाइते भएका थिए । यस्तै प्रदर्शनकारीतर्फका १० जना घाइते भएका थिए । शुक्रबार दिउँसो २ स्थानीय तहका निश्चित क्षेत्रमा निषेधाज्ञा लगाएको स्थानीय प्रशासनले अपराह्न ५ बजेदेखि कर्फ्यू लगाएको हो । प्रशासनले इनरुवा नगरपालिका, हरिनगर, देवानगञ्ज, भोक्राहा नरसिंह र कोशी गाउँपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७