सहकारी प्रकरणले रास्वपामा आतंक छ, गृहमन्त्री जब्बरजस्ती पदमा बस्नुले शंका गर्ने ठाउँ छ : पाण्डे


२७ चैत्र २०८०, मंगलवार
rajendra pandey

काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउनु पर्ने संकेत गरेका छन् ।

आज (मंगलबार) प्रतिनिधिसभा बैठकपछि कुराकानी गर्दै सांसद पाण्डेले कुनै पनि प्रकरणमा प्रतिपक्षले छानबिन समिति गठनको माग गरेपछि समिति बनाउने यसअघिको नजिर भएको भन्दै सहकारी प्रकरणमा पनि छानबिन समिति बन्नुपर्ने संकेत गरे ।

उनले संसदमा प्रतिपक्षले उठाएका कुराहरू सुनिनुपर्ने बताए । उनले सत्तापक्षले जबरजस्त रूपमा संसद चलाउनु नहुने बताए । सांसद पाण्डेले संसदीय समिति बनेमा आरोप लागेको मन्त्रीले आफू चोखिने अवसर पाउने पनि बताएका छन् । उनले जबरजस्ती पदमा बस्न खोज्नुले बदमासी छ भनेर शंका गर्ने ठाउँ रहेको बताएका छन् । सांसद पाण्डेले सहकारी प्रकरणले राष्ट्रिय स्वतन्त्र पार्टीमा आतंक सिर्जना भएको पनि टिप्पणी गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७